logo-img

इलाम-२ र बझाङ प्रदेशसभा-१ मा १५ वैशाखमा उपनिर्वाचन
फाइल तस्बिर

निर्वाचन आयोगले आगामी वैशाख १५ गतेका लागि उपनिर्वाचनको मिति तोकेको छ ।

आयोगको आज बसेको बैठकले सरकारसँगको परामर्शमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम इलाम–२ तथा प्रदेश सभा सदस्य बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा निर्वाचन–१ मा आउँदो वर्षको १५ वैशाखमा उपनिर्वाचन गर्ने गरी मिति तोक्ने निर्णय गरेको हो ।

इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएकाले उक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो । 

कुनै सदस्यको स्थान, प्रतिनिधि सभा वा प्रदेश सभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहँदै रिक्त भएमा त्यस्तो स्थान उपनिर्वाचन हुने कानुनी व्यवस्था छ ।

उपनिर्वाचनमा सहभागिता, सहयोग र सहकार्यका लागि पनि निर्वाचन आयोगले अनुरोध गरेको छ । 





  • प्रकाशित मिति : फागुन १३, २०८० आइतबार १४:०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया