logo-img

मृत फेला परेका गोपाल ढकालको हत्यामा संलग्न आरोपमा एकजना पक्राउ

भक्तपुरमा फागुन ११ गते मृत फेला परेका गोपाल ढकालको हत्यामा संलग्न रहेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्यामा संलग्न रहेको आरोपमा भक्तपुरका २९ वर्षका सन्तोष सुवाललाई पक्राउ गरी सार्वजनिक गरेको हो । 

फागुन १० गते जिल्ला तेह्रथुमका छथर गाउँपालिका वडा नम्बर २ घर भई हाल जिल्ला भक्तपुर सूर्य विनायक नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष ३३ को गोपाल ढकालकी श्रीमती रेणु ढकालले आफ्नो श्रीमान् हराएको र श्रीमान् चाहिए सूर्य विनायक जंगलमा दुई लाख लिइ आउनु भनी आफूलाई फोन आएको भनी प्रहरी वृत्त जगातीमा उपस्थित भई सूचना दिएपछि प्रहरीले अनुसन्धान गर्ने क्रममा ११ गते भक्तपुर सूर्य विनायक नगरपालिका - ८ स्थित रोदन बस्नेतको गोठमा गोपाल प्रसाद ढकाल मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । 

परिसरका प्रहरी निरीक्षक निर्मल थापाले घटनामा संलग्न जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका ६ का वर्ष २९ को सन्तोष सुवाल रहेको बताए । खोजतलासका क्रममा शनिवार उनलाई काभ्रपलाञ्चोक मण्डनदेउपुर ६ मा पक्राउ गरिएको बताए । 

उनको साथबाट मृतकको मोबाइल र फोटोमा देखिएको ज्याकेट बरामद गरेको प्रहरीले बताएको छ ।  





  • प्रकाशित मिति : फागुन २०, २०८० आइतबार १३:२०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया