logo-img

सामाजिक सञ्जालबाट ठगी, चार जना पक्राउ

सामाजिक सञ्जालमार्फत ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 

फेसबुक, ह्वाट्एप, भाइवर, इमो लगायतका सामाजिक सञ्जालहरूबाट साथी बनाएर कुराकानी गर्दै ठगी गरेको आरोपमा  काठमाडौंको पुरानो बानेश्वर बस्ने सर्लाहीको विष्णु गाउँपालिका–४ का २१ वर्षीय आदित्यकुमार सिंह, सिद्धार्थकुमार सिंह, भक्तपुरको गठ्ठाघर बस्ने बाराको कलैयाका २२ वर्षीय रामसेवक राम र पर्साको वीरगंज–१५ का २४ वर्षीय आकाश साह सोनारलाई पक्राउ परेका हुन् ।  

उनीहरूले जमजम इलेक्ट्रोनिक्स लगायतका नाममा फेसबुक पेज खोलेर म्यासेन्जर र ह्वाट्सएपबाट अडियो तथा भिडियो कल गरी आकर्षक गिफ्ट दिने भन्दै पाँच जनाबाट ४९ लाख ५८ हजार ८ सय रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका चारै जना जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा छन् ।  





  • प्रकाशित मिति : फागुन २०, २०८० आइतबार १८:१५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया