logo-img

एमाले अध्यक्ष ओली अस्वस्थ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । 

अस्वस्थ भएपछि उनी अहिले घरमै आराम गरिरहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 
    
उनका अनुसार अध्यक्ष ओलीलाई रुघाखोकी, टाउको दुख्ने जस्ता समस्या देखिएकोले घरमा आराम गरिरहनु भएको छ । 

अध्यक्ष ओली अस्वस्थ भएपछि ललितपुर, गोदावरीमा जारी सो पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको अध्यक्षता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेकाे प्रमुख गौतमले जानकारी दिए । 





  • प्रकाशित मिति : वैशाख ९, २०८१ आइतबार १६:५३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया