logo-img

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट, ६ घण्टापछि आगो नियन्त्रणमा

महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आगलागी हुँदा ९२ भन्दा बढी घर जलेर नष्ट भएका छन् । 

आज दिउँसो लागेको सो आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । 

आगो निभाउन महोत्तरीका ६, धनुषाका तीन तथा सीमावर्ती भारतबाट ल्याइएको एउटा दमकलको प्रयोग गरिएको उनले बताए । 

‘आगो निभाउन ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयवासी खटिएका छन्,’ प्रहरी नायव उपरीक्षक जैसवारले भने । आगलागीबाट एक सय ५० भन्दा बढी घरमा क्षति पुगेको छ । 

१० वटा वारुणयन्त्र, तीनसय बढी सुरक्षाकर्मी, स्काइभेटर लगायत गाउँलेको सहयोगमा ६ घण्टापछि आगो नियन्त्रणमा आएको छ ।

तातो हावा चलेको बेला आगलागी हुँदा नियन्त्रण बाहिर गएको थियो । यहाँका अधिकांश घर काठले बनेका र जस्तापाताको छानो भएका थिए ।



जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले अहिलेसम्म ९२ घर जलेको विवरण संकलन भएको बताए । उनले थप विवरण संकलन कार्य भइरहेको बताए ।



  • प्रकाशित मिति : वैशाख १२, २०८१ बुधबार २१:६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया