logo-img

कार्यकर्तालाई माओवादीको निर्देशन : अग्निपीडितका लागि राहत र उद्धारमा जुट्नू
फाइल तस्बिर

देशभर आगलागी र डढेलोका घटना बढेको भन्दै नेकपा माओवादी केन्द्रले नेताकार्यकर्तालाई राहत र उद्धारका काममा जुट्न आह्वान गरेको छ । उपाध्यक्ष एवं पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले विज्ञप्ति जारी गर्दै अग्निपीडितको राहत, उद्धार, उपचार र पुनःस्थापनाका लागि जुट्न स्थानीय सरकार, पार्टीका नेता कार्यकर्ता र भ्रातृ संस्था तथा सर्वसाधारण नागरिकहरूलाई आह्वान गरेको हो ।  

‘गर्मी र सुक्खापन बढेसँगै देशमा विभिन्न भागमा आगलागी एवं डढेलोका कारण जनधनको व्यापक क्षति भएको छ,’ सापकोटाले विज्ञप्तिमार्फत् भनेका छन्, ‘हजारौं नागरिक पीडित हुन पुगेका छन् । त्यसैगरी, देशैभरि वायु प्रदूषण उच्च मात्रामा बढ्दा र तापक्रममा उच्च बृद्धिका कारण विशेषगरी तराईका जिल्लाहरूमा तातो हावाको लहर एवं लु चल्दा जीवनयापनमा भारी कठिनाइ उत्पन्न भइरहेको छ । हाम्रो पार्टी एवं भातृ संगठनका नेता–कार्यकर्ता एवं स्वयंसेवकहरू उद्धार तथा राहतका साथसाथै मानवीय सहायता व्यवस्थापनमा खटिन हार्दिक आह्वान गर्दछौँ ।’

प्रवक्ता सापकोटाले अहिलेको चुनौतीपूर्ण घडीमा पीडित परिवार तथा समुदायलाई उद्धार, राहत, उपचार तथा सुरक्षा जस्ता आधारभूत सेवा प्रदान गर्न राज्यका सबै निकायको गम्भीर ध्यानाकर्षण समेत गराएका छन् । 

‘विपद्का घडीमा स्थानीय तह नै अग्रपङ्क्तिमा हुनुपर्ने भएकोले दमकल, एम्बुलेन्स, खाद्यान्न, औषधोपचार आदिको प्रबन्ध गरी पूर्वतयारीलाई चुस्त बनाउन पालिकाहरुलाई अपिल गर्दछौँ । यी र यस्ता विपद्का जोखिमहरू कम गर्न, घटना भइहाले शीघ्र प्रतिकार्य गर्न आफ्ना पालिकाबासीलाई जनचेतनाका कार्यक्रममार्फत् घरेलु र स्थानीय उपायसहित तम्तयार राख्न पनि आह्वान गर्दछौँ,’ प्रवक्ता सापकोटाले भनेका छन्, ‘विपद्जन्य अवस्थामा गर्नु पर्ने उद्धार तथा राहतका लागि पालिकाहरुलाई सहयोग गर्न, सबल बनाउन तथा आवश्यक सामग्रीहरूको व्यवस्था गर्न समेत ध्यानाकर्षण गराउँदछु ।’





  • प्रकाशित मिति : वैशाख १८, २०८१ मंगलबार ९:९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया