logo-img

रास्वपालक्षित रामहरिको टिप्पणी : उपनिर्वाचनले चटकेहरूलाई ठेगान लगाइदियो
फाइल तस्बिर

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं कांग्रेस नेता रामहरि खतिवडाले इलाम-२ को उपनिर्वाचनको परिणामले कांग्रेस र एमाले मात्र मुलुकका शक्तिशाली दल रहेको प्रमाणित गरेको प्रतिक्रिया दिएका छन् ।

मंगलबार नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले मुलुकका लागि कांग्रेस र एमालेको ठूलो जिम्मेवारी रहेको बताए । सभापति खतिवडाले पराजित भएको नेपाली कांग्रेसले महागठबन्धनको प्रतिस्पर्धामा पाएको मत सम्मानजनक रहेको र मत परिणामको गम्भीर समीक्षा गर्दै भावी योजना तय गर्नुपर्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित टिप्पणी गर्दै उनले साना चटकेहरूलाई मतदाताले ठेगान लगाइदिएको पनि बताए । 

‘इलाम २ को उपनिर्वाचनले कांग्रेस र एमाले यो देशका प्रमुख शक्ति हुन भन्ने थप प्रमाणित भएको छ । महागठबन्धनविरुद्ध कांग्रेसको मत सम्मानजनक छ । मतदाताले चटके (साना दल र स्वतन्त्र उम्मेदवार) हरूलाई ठेगान लगाएको छ । ०८४ को निर्वाचनसम्ममा देशमा जन्मिएका चटकेहरू सबै ठेगान लाग्नेछन्,’ खतिवडाले भने । 





  • प्रकाशित मिति : वैशाख १८, २०८१ मंगलबार १४:०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया