logo-img

सुहाङलाई बधाई दिँदै डम्बरले भने- ‘विकासका लागि विजय सार्थक रहोस्’

इलाम २ को उपनिर्वाचनमा पराजित भएपछि कांग्रेस जिल्ला सभापतिसमेत रहेका उम्मेदवार डम्बर खड्काले विजयी सुहाङ नेम्वाङलाई बधाई दिएका छन् । खड्काले जनताका आशा, अपेक्षा र आवश्यकता पूरा गर्दै क्षेत्रको समुचित विकासका लागि विजय सार्थक रहोस् भन्ने शुभकामना दिएका हुन् ।

‘लोकतन्त्रको सुन्दर पक्ष भनेकै निर्वाचन अनि निर्वाचनमार्फत स्वस्थ प्रतिस्पर्धा गर्ने र विजयीले सबैपक्षलाई समेटेर अगाडी बड्ने हो अतः उपनिर्वाचन २०८१ मार्फत इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा एमालेका तर्फबाट उम्मेदवार सुहाङ नेम्बाङ विजयी बन्नु भएकोमा मेरो व्यक्तिगत र सिङ्गो नेपाली कांग्रेस पार्टीका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु,’ खड्काले भने । 

त्यस्तै, कांग्रेस इलाम सचिव पूर्णप्रसाद गौतमले विजयी उम्मेदवारलाई बधाई दिँदै प्राप्त जनमतको समान गर्न, जनअपेक्षा पूरा गर्न र सबैको साझा जनप्रतिनिधिको रूपमा प्रतिनिधित्व गर्दै सफल र इमान्दार सभासद्को भूमिका निर्वाह गर्ने अपेक्षा रहेको बताएका छन् ।

उनले विजयको  उन्माद र उत्तेजनाको प्रस्तुतिभन्दा दायित्वबोध र जवाफदेहिता अनि पराजयको कुण्ठा र भावाबेशभन्दा संयम भएर भावी यात्रा तय गर्नु बढी सान्दर्भिक हुने पनि उल्लेख गरेका छन् ।
 





  • प्रकाशित मिति : वैशाख १८, २०८१ मंगलबार १४:२४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया