logo-img

गोदावरी नगरकाे वनमा लागेको डढेलो नियन्त्रण बाहिर, एकजनाको मृत्यु

ललितपुरको गोदावरी नगरपालिकाका विभिन्न सामुदायिक वनमा लागेको आगलागी नियन्त्रण बाहिर गएको छ । वडा नम्बर ४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एकजनाको मृत्यु भइसकेको छ ।

प्रहरीका अनुसार आगलागी निभाउने क्रममा शंकर पहरी र रमेश पहरी घाइते भएको र शंकरको उपचारका क्रममा निधन भएको छ । उनीहरूलाई उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको थियो ।

वडा नम्बर ४ का वडाध्यक्ष सानुभाइ नगरकोटीका अनुसार आगो नियन्त्रणको प्रयास जारी राखिएको भए पनि नियन्त्रणका समस्या भइरहेको छ । आगो नियन्त्रणका लागि गएका स्थानीयलाई स्वास्थ्यमा समस्या आएपछि अक्सिजन समेत दिनुपरेको उनले बताए । वनमा सल्ला, धुपीजस्ता रुखहरु रखेको र हावाहुरी चलिरहेकाले नियन्त्रणमा समस्या भएको उनले बताए । 

गोदावरी नगरपालिका भित्रका तपेश्वर, लेले, ठैडोललगायतका बनमा लागेको डढेलो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले प्रयास जारी राखेपनि सफल हुन सकेको छैन । सिहंदरबार नजिकै रहेको सामूदायिक बनमा लागेको आगलागी नियन्त्रणमा संघीय सरकारले पहल नगरेको स्थानीयको गुनासो छ ।





  • प्रकाशित मिति : वैशाख १८, २०८१ मंगलबार १७:३६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया