logo-img

‘हीरामण्डी’ का निर्देशकदेखि कलाकारले कति लिए पारिश्रमिक ?

निर्देशक सञ्जय लीला भन्सालीको वेब सिरिज ‘हीरामण्डी’ बुधबारबाट नेटफ्लिक्समा प्रसारणमा आइसकेको छ ।

यो सिरिजमा मनीषा कोइराला, सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्ढा, शर्मिन सहगल र सन्जीदा शेखसँगै फरदीन खान, शेखर सुमन, अध्ययन सुमन र ताहा शाह बदुशाको पनि अभिनय छ ।

सञ्जयले यही सिरिजमार्फत ओटीटी डेब्यू गरेका छन् । लाहोरको रेड लाइट एरियामाथि बनेको यो सबैभन्दा महँगो सिरिज हो । यो सिरिजमा करिब २ सय करोड रुपैयाँ खर्च गरिएको छ । 

यो सिरिजका लागि निर्देशक भन्सालीसहित कलाकारले सिरिजका हिसाबले राम्रै पारिश्रमिक लिएका छन् । सञ्जय बलिउडका लोकप्रिय निर्माता र निर्देशकका रूपमा चिनिन्छन् । ‘देवदास’, ‘बाजीराव मस्तानी’, ‘पद्मावत’ र ‘गंगूबाई काठियावाडी’ जस्ता ब्लकबस्टर फिल्मका लागि परिचित भन्सालीले सिरिजका लागि ६५ करोड पारिश्रमिक लिएका छन् ।

सिरिजमा अभिनेत्री सोनाक्षीले सर्वाधिक २ करोड पारिश्रमिक लिएकी छन् । त्यस्तै, मनीषाले १ करोड, अदिति राव हैदरीले १ देखि डेढ करोड, ऋचा चड्डाले १ करोड र सन्जीदा शेखले ४० लाख रुपैयाँ पारिश्रमिक लिएका छन् । 

भन्सालीले १५ वर्षदेखि यो सिरिज बनाउने तयारी गरिरहेका थिए । 





  • प्रकाशित मिति : वैशाख २०, २०८१ बिहीबार ८:२७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया