logo-img

दाहाल र ओलीबीच दुई घण्टा लामो भेटवार्ता, माधव नेपाल र उपेन्द्र यादव एजेण्डा

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार सिंहदरबारमा भेटवार्ता भएको छ । दुई शीर्ष नेताबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब दुई घण्टा छलफल भएको हो । 

एमाले र माओवादीको पेलानका कारण गठबन्धनमा सहभागी दल नेकपा (एकीकृत समाजवादी) रुष्ट छ । सो पार्टीका नेताहरूले गठबन्धन जतिसुकै बेला टुट्न सक्ने चेतावनी दिएका छन् । एकीकृत समाजवादी मात्रै होइन सरकारमा पठाएका मन्त्रीका विषयमा जनता समाजवादी पार्टीमा पनि चर्को असन्तुष्टि छ । 

यी दुई पार्टीले सरकार छाड्ने सम्भावनाबारे ओली र दाहालबीच छलफल भएको बताइएको छ । भेटवार्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए ।

संसद्को बजेट अधिवेशन बोलाउने मामिला संसद् र सरकारको भएको भन्दै छिट्टै अधिवेशनबारे छलफल भएको ओलीले जानकारी दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः४० बजे पुगेका ओली दिउँसो १ः५३ बजे भेटवार्ता सकि सिंहदरबारबाट बाहिरिएका थिए ।





  • प्रकाशित मिति : वैशाख २०, २०८१ बिहीबार १७:१०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया