logo-img

राप्रपा अध्यक्ष लिङ्देनले गरे ८९ औँ पटक रक्तदान

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ८९ औँ पटक रक्तदान गरेका छन् । 

पार्टी निकट युवा संगठनले पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी बनेका अध्यक्ष लिङदेनले आफूले नियमित रक्तदानमा सहभागिता जनाउने गरेको उल्लेख गरे । उनले रगत दिएर अरूको जीवन बचाउने जस्तो महत्त्वपूर्ण कार्यमा आफू रमाउनले गरेको धारणा राखे ।

रक्तदान गर्दै उनले भने, ‘म नियमित रक्तदाता हो । आज मेरो ८९ औँ पटकको रक्तदान हो ।’

समय मिल्दा हरेक तीन महिनामा आफूले रक्तदान गर्दै आएको उल्लेख गर्दै उनले थपे, ‘ रक्तदान जस्तो महत्त्वपूर्ण कार्यमा भाग लिन पनि पाउने र पार्टीका युवाहरूले यस्तो महत्त्वपूर्ण कार्यक्रम सञ्चालन गरिरहेका छन् उनीहरूलाई हौसला र प्रोत्साहन गर्न आज यहाँ सहभागी भए ।’





  • प्रकाशित मिति : वैशाख २२, २०८१ शनिबार १०:४९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया