logo-img

माओवादी संसदीय दल बैठकमा बजेटबारे छलफल

सत्तारुढ नेकपा माओवादी केन्द्रको संसदीय दलको १०औँ पूर्ण बैठकले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट निर्माणका विषयमा छलफल गरेको छ ।
 
सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकमा आगामी बजेट केन्द्रित छलफल भएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताए । 

बैठकपछि सञ्चारकर्मीसँग उनले भने, ‘चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमको अनुभवसमेत लिएर आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र नीति तथा कार्यक्रमलाई टेकेर कसरी बजेट निर्माण गर्ने भन्ने विषयमा बैठकमा छलफल भयो । बैठकमा दलका नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहालले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कसरी अगाडि बढ्छ भन्ने विषयमा चासो राख्दै दलका मन्त्रीहरुलाई निर्देशन दिनुभयो ।’

प्रधानमन्त्री दाहालले अर्थमन्त्री वर्षमान पुनसँग छलफल गरी सबै दल र मन्त्रीहरुका सुझावका आधारमा बजेट निर्माणमा केन्द्रित हुन दलका सदस्यहरुलाई निर्देशन दिएको जानकारी सचेतक पाण्डेले दिए । 

उनले भने, ‘प्रधानमन्त्रीज्यूले बैठकमा अर्थमन्त्रीलगायत सबै मन्त्रीहरुसँग बसेर हाम्रो दलका तर्फबाट प्रतिनिधित्व गर्नु हुने माननीय मन्त्रीज्यूहरु र हाम्रो दलका सबै सदस्यसँग मिलेर सुझाव लिन निर्देशन गर्नुभयो । विगतका नीति तथा कार्यक्रम र बजेटबाट पाठ सिकेर नयाँ आर्थिक वर्षको बजेटमाथि कसरी काम गर्ने भन्ने विषयमा नै मुख्यगरि प्रधानमन्त्रीको जोड थियो ।’

बजेटमा विशेषगरी उत्पीडित र गरिब वर्गलाई ध्यानमा राख्दै सुशासन, समृद्धि र सामाजिक न्यायका आधारमा बजेट निर्माणमा प्रधानमन्त्री दाहालले जोड दिएको उनको भनाइ छ ।





  • प्रकाशित मिति : वैशाख २२, २०८१ शनिबार १८:२२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया