logo-img

रियल मड्रिडलाई स्पेनिस ला लिगको उपाधि

स्पेनिस ला लिगको उपाधि रियल मड्रिडले जितेको छ । उसले ३६ औँ पटक प्रतियोगिताको उपाधि जितेको हो । 

शनिवार राति दोस्रो स्थानको बार्सिलोना जिरोनासँग ४–२ ले पराजित भएपछि रियलले चार खेल अगाडि नै उपाधि पक्का गरेको हो । त्यसअघि भएको खेलमा रियलले क्याडिजलाई ३–० ले पराजित गर्दै उपाधि यात्रा तय गरेको थियो । 

रियलले ३४ खेलबाट ८७ अङ्क जोडेको छ भने समान खेलबाट जिरोनाले ७४ अङ्क बनाएको छ । बार्सिलोना ७३ अंकसहित तेस्रो स्थानमा पुगेको छ । 





  • प्रकाशित मिति : वैशाख २३, २०८१ आइतबार ९:१६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया