logo-img

आज सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार एक सय रुपैयाँ घटेको सुनको मूल्य आइतबार स्थिर रहेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ३५ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १ हजार ६४५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १ हजार ६४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 





  • प्रकाशित मिति : वैशाख २३, २०८१ आइतबार ११:२१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया