logo-img

घरको छतमा टावर राख्ने कम्पनी नै सम्पर्कविहीन
फाइल तस्बिर

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीका गगनराज भट्टको तीनतले घरको छतमा ठड्याइएको युनाइटेड टेलिकम (युटिएल)को टावर जोखिमयुक्त अवस्थामा रहेको छ । मोबाइल सेवा प्रदान गर्न १४ वर्षअघि घरधनीसँग १० वर्षको सम्झौता गरी निर्माण गरिएको टावरको मर्मतसम्भार नहुँदा जोखिम बढेको हो ।

६ हजार पाँच सय मासिक भाडा दिनेगरी २५ मिटर अग्लो टावर निर्माण गरिएको घरधनी भट्टले बताए । उनले प्रत्येक वर्ष १० प्रतिशत भाडा रकमवृद्धि गरेर दिने सहमतिका साथ टावर निर्माण गरिएको १४ वर्ष भए पनि सुरूका तीन वर्षपछि कम्पनी नै सम्पर्कविहीन भएको जानकारी दिए । 

उनका अनुसार टावर राखेदेखि मर्मतसम्भार नहुँदा टावरका नटबोल्ट खुकुलो भएर जोखिम बढेको छ भने अर्थिङ गर्न राखिएको तार चोरी भएको छ । ‘चट्याङ पर्ने सम्भावना पनि उत्तिकै छ । हावाहुरीको समयमा त टावर निकै हल्लिने गरेकाले बजार क्षेत्रका तीन घरसहित सडकमा हिँड्ने यात्रुलाई पनि कतिबेला के हुने हो भन्ने चिन्ता छ’, भट्टले गुनासो गरे । 

लामो समयदेखि कम्पनीबारे सोधपुछ गर्दा कार्यालय र सम्बन्धित कोही व्यक्ति नभेटाएपछि जिल्ला प्रशासन कार्यालयलाई लिखित जानकारी गराउँदा पनि समाधान हुननसकेको उनले बताए । 

टावरसँगै घरमा भाडामा लिएको एउटा कोठामा दुईवटा वातानुकूलित (एसी) र ८० भन्दा बढी ब्याट्री अलपत्र अवस्थामा छन् । टावरका लागि प्रयोग भइरहेको विद्युत्को महसुल तीन लाख पुग्दा पनि भुक्तानी नभएकाले नेपाल विद्युत् प्राधिकरणले विद्युतलाइनसमेत काटिदिएको छ ।  





  • प्रकाशित मिति : वैशाख २३, २०८१ आइतबार ११:३५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया