logo-img

ललितपुरको ग्वार्कोमा आगलागी : एकै परिवारका पाँचजना घाइते
फाइल तस्बिर

ललितपुरको ग्वार्कोमा आगलागी हुँदा पाँचजना घाइते भएका छन् । आइतार ललितपुर महानगरपालिका–१७ स्थित मोबिल राखिएको टहरोमा आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका हुन् । 

घाइते हुनेमा सञ्जय गिरी उनकी श्रीमती रूपासहित १५ वर्षीय छोरा नित, ८ वर्षीया छोरी प्रिया र तीन वर्षीया छोरी एलिसा छन् । किस्ट अस्पतालमा उनीहरूको उपचार भइरहेको छ । 

घाइतेमध्ये तीन बालबालिकाको अवस्था गम्भीर रहेको प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । आगो नियन्त्रणमा आइसकेको छ । 





  • प्रकाशित मिति : वैशाख २३, २०८१ आइतबार १२:५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया