logo-img

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीले गरे दाबी पेस, केदार कार्की निवेदन बोकेर पुगे सर्वोच्च

कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेस गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेपछि एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेस गरेका हुन् ।

बुधबार प्रदेश प्रमुख पर्शुराम खापुङले सरकार गठनका लागि २ दिनको समय दिएर आह्वान गरेका थिए । 

सरकार गठनको आह्वानविरुद्ध स्वत: कामचलाउ भएका मुख्यमन्त्री केदार कार्की भने रिट निवेदन बोकेर सर्वोच्च अदालतमा पुगेका छन् । उनी बिहीबार बिहान प्रदेश प्रमुखले असंवैधानिक ढंगले नयाँ सरकार गठन गर्न आह्वान गरेको भन्दै रिट बोकेर सर्वोच्च पुगेका हुन् । 





  • प्रकाशित मिति : वैशाख २७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया