logo-img

यादवले पार्टी मुठ्ठीभित्र राख्ने प्रयास गरे, हामी नयाँ ढंगमा प्रस्तुत भयौँ : अशोक राई

प्रस्तावित जनता समाजवादी पार्टीका संघीय अध्यक्ष अशोककुमार राईले जनता समाजवादी पार्टी नेपालले महाधिवेशन नै अनियमित ढंगले गर्न खोजेको र पार्टी कब्जा गरेर आफ्नो मुठ्ठीभित्र राख्ने प्रयास गरेकाले पार्टी विभाजन गर्नुपरेको बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले त्यस्तो बताएका हुन् । उपेन्द्र यादव अमेरिका गएका बेला खुसुक्क किन पार्टी फुटाएको ? भन्ने प्रश्नमा उनले अमेरिका जानुअघि नै सबै पार्टीका नेताहरुसँग छलफल नगरी परिपत्र गरेर विदेश उडेको र वातावरण नै त्यस्तै सृजना गरिदिएको बताए । 

उनले भने,‘महाधिवेशन नै अनियमित ढंगले कब्जा गरेर आफ्नो मुठ्ठीभित्र पार्टी राख्ने प्रयत्न भयो । उहाँ अमेरिका उड्न भन्दा अगाडि परिपत्र जारी गर्नुभएको थियो । त्यो परिपत्र त्यसको नमुना र प्रमाण हो । नेताहरुसँग छलफल नै नगरी बैठक बोलाउनुभयो । एक्कासि आठजना कार्यकारिणीको उपस्थिति भयो १० जना आएनन् । त्यस्तै, निर्णय गर्दै र सोही अनुसारको परिपत्र गरेर हिँड्नुभयो । अमेरिका गएको बेला खुसुक्क किन गरेको भन्नुहुन्छ भने उहाँले वातावरण नै त्यस्तो बनाइदिनुभयो ।’

सदस्यताको रेकर्ड पनि प्रमाणित गर्न नपाइने र महाधिवेशनका प्रतिनिधिहरू छान्ने र छानिने कुरामा पनि सन्तुलित ढंगले नगरी पार्टी कब्जा गर्न खोजेको आरोप लगाए । उनले जसपाले विधान विपरीत गएर पार्टी चलाइरहेको पनि बताए । 

उनले महाधिवेशन अनियमित ढंगले अघि बढाएको, सदस्यताको रेकर्ड पनि प्रमाणित गर्न नपाएको, लाखौँ मानिसका नाम सदस्यमा राख्ने, संगठित सदस्यता र पार्टी सदस्यता दुई व्यवस्था भए पनि त्यसमा गम्भीर नबनेको बताए । 
महाधिवेशनका प्रतिनिधिहरू छान्ने अनुपात पनि कुनै सन्तुलित ढंगले नगरेको र पार्टी कब्जा गर्ने नियतका साथ अघि बढेको राईको आरोप छ । 

आजसम्म जनता समाजवादी पार्टी नेपाललाई जसरी नेतृत्व प्रदान गरियो सोहीअनुसारको  उन्नति भने गर्न नसकेको उनको भनाइ छ । घट्दो जनताको आकर्षणलाई पुनःस्थापित गर्न सकिन्छ भन्ने अठोटका साथ आफुहरु अगाडि आएको उनको भनाइ थियो । 



अदालतको पसशंग कोट्याउँदै अध्यक्ष राईले पार्टी अनियमित, गैरसंवैधानिक, गैरकानुनी ढंगले दर्ताको प्रक्रिया भएको भए निर्वाचन आयोग जस्तो संवैधानिक अंग कानुनविद्को बहससमेत गराएर सहमति दिने र दर्ता गराएको भन्दै उनले दर्ता प्रक्रियाको बचाउ गरे । 



  • प्रकाशित मिति : वैशाख २७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया