logo-img

बागमती प्रदेशसभा बैठक बस्दै, के-के छन् कार्यसूची ?
फाइल तस्बिर

बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । अपरान्ह ३ बजे बस्ने बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।  

संसदमा पेस भएको उक्त सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए । 

उनका अनुसार बैठकमा विशेष समयको व्यवस्थासमेत रहेको र उक्त समयमा प्रदेशसभा सदस्यले धारणा राख्नेछन् । प्रदेशसभा बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । सो बैठकले संसद्को कार्यसूचीलाई अन्तिम रूप दिनेछ । 

सोमबारदेखि सुरु भएको प्रदेशसभाको चौथो अधिवेशन बैठकमा दलगतरूपमा प्रदेशसभा सदस्यहरूले शुभकामना राख्नुभएको थियो भने प्रदेश उच्च शिक्षा ऐनलाई संशोधन गर्ने अध्यादेश पेस गरिएको थियो । 

संसदमा पेस भएको सो अध्यादेश ६० दिनभित्र प्रतिस्थापन विधेयकसहित पारित गर्नुपर्ने व्यवस्था रहेको छ । प्रदेश सरकारको गत वैशाख २३ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश जारी गर्ने निर्णय गरेको थियो । 

मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले यही २३ वैशाख मा सो अध्यादेश जारी गरेका थिए । 





  • प्रकाशित मिति : जेठ १, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया