logo-img

गरिबीको रेखामुनि रहेका परिवारलाई सरकारले विद्युतीय चुलो दिने

सरकारले आगामी वर्ष गरिब घरपरिवार पहिचान कार्यलाई सम्पन्न गर्ने बताएको छ । 

राष्ट्रपति रामचन्द्र पौडलले मंगलबार दिउँसो संसद्को संयुक्त सदनमा प्रस्तुत गरेका आर्थिक वर्ष २०८१।८२ को नीति तथा कार्यक्रममा सरकारले गरिब घर परिवार पहिचानको कार्यलाई सरकारले पूर्णता दिने उल्लेख गरे । 

नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति पौडेलले भने,‘आगामी आर्थिक वर्षभित्र गरिब घरपरिवार पहिचानको कार्य सम्पन्न गरिनेछ । गरिब लक्षित कार्यक्रमहरु एकीकृत रुपमा सञ्चालन गरिने छ ।’ 

राष्ट्रपति पौडेलले पहिचान भएका गरिबको स्थानीय तहमार्फत सरकारले निशुल्क बीमा गर्ने समेत उल्लेख गरे । 

‘गरिबीको रेखामुनी रहेका घर परिवारका लागि विद्युतीय चुलो, ट्युबेललगायतका सामग्री उपलब्ध गराइने छ’ राष्ट्रपति पौडेलले भने । 





  • प्रकाशित मिति : जेठ १, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया