सुन न्यूनचापीय रेखा आजदेखि क्रमशः दक्षिणतिर सर्दै जाने भएको छ । योसँगै नेपालमा मनसुनको सक्रियतामा कमी आउने र वर्षाको मात्रा केही कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यद्यपि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम र थोरै स्थानमा भारी वर्षाको सम्भावना भने कायमै रहेको महाशाखाले जनाएको छ । त्यस्तै, मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
सोमबार बागमती र सुदूरपश्चिम प्रदेशका थोरै तथा गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा आज बिहान हल्कादेखि मध्यम वर्षा भइरहेको छ । सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली छ ।
दिउँसो र बेलुकी सबै प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
मंगलबार पनि सबै प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वर्षाका कारण भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम कायमै छ । त्यसबाट जोगिन आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।