logo-img

जाजरकोटमा भूकम्प पीडितको टहरामा पहिरो : चारजना घाइते, एकको अवस्था गम्भीर
फाइल तस्बिर

जाजरकोटमा पहिरोले भूकम्प पीडितको अस्थायी टहरा पुरिँदा चारजना घाइते भएका छन् ।

जिल्लाको कुशे गाउँपालिका–८ दल्लेनाका दलसरी थापा र विष्णु थापाको अस्थायी टहरा पहिरोले पुर्दा घाइते भएका जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी पुरुषोत्तम पाण्डेले जानकारी दिए । 

घाइते हुनेमा सोही स्थानका ३५ वर्षीया दलसरी थापा, उनकी छोरी चार वर्षीया हस्तीका थापा, २९ वर्षीया कमला थापा र १७ वर्षीया निरमाया थापा रहेका छन् ।

घाइतेमध्ये विष्णु एक जनाको अवस्था गम्भीर छ । राति भएको घटनालगत्तै वडा अध्यक्ष डिल्लीबहादुर सिंहले जानकारी गराएपछि प्रहरी चौकी पैंकबाट घटनास्थलमा पुगी घाइतेलाई उद्धार गरिएको थियो । 

घाइतेलाई प्रहरी र स्थानीयले बोकेर सुरक्षित स्थानमा राखिएको उद्धारका लागि हेलिकोप्टर मगाइ सकिएको वडाध्यक्ष सिंहले जानकारी दिए । 





  • प्रकाशित मिति : साउन २, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया