logo-img

मधेश सरकारमा सहभागी हुने कांग्रेसको निर्णय, को-को बन्दै छन् मन्त्री ?

नेपाली कांग्रेस मधेश प्रदेश सरकारमा सहभागी हुने भएको छ । बिहीबार बसेको प्रदेशसभा संसदीय दलको बैठकले कांग्रेस सरकारमा सहभागी हुने निर्णय गरेको हो । 

कांग्रेसले मुख्यमन्त्री सतीश सिंहसमक्ष आफ्नो पार्टीबाट मन्त्री हुनेको नामसमेत सिफारिस गरेको छ । कांग्रेसबाट रौतहटका सुनिल यादव अर्थमन्त्री र पर्साका जनार्दन क्षेत्री भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउने बताइएको छ । 

त्यस्तै, धनुषाका शेषनारायण यादवले ऊर्जा, सिँचाई तथा खानेपानीमन्त्री र सर्लाहीका कौशलकिशोर रायले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

योसँगै सिंह नेतृत्वको सरकारमाथिको संकट टरेको छ ।    





  • प्रकाशित मिति : साउन ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया