logo-img

चोरीका घटना बढेपछि सिसी क्यामरा जडान गरेर निगरानी
फाइल तस्बिर

उज्यालो र व्यवस्थित सहर निर्माण गर्न राजविराजको मुख्य बजार क्षेत्रमा सिसी क्यामरा जडान गरिएका छन् । गत आर्थिक वर्षको नगर सभाले विनियोजन गरेको ५० लाख रुपैयाँ बजेटबाट राजविराज नगरक्षेत्रभित्र एक सय २३ ठाउँमा क्यामरा जडान गरिएका छन् । 

राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत प्रविनका अनुसार नगरमा दैनिक चोरीका घटना तथा सवारीसाधनको चाप बढेका कारण त्यसलाई कम गर्ने उद्देश्यले सिसी क्यामरा जडान गरिएका हुन् । राजविराजको गजेन्द्र चोक, दर्शन चोक, राममन्दिर, अदालत रोड, पानीट्यङ्की रोडसहितका ठाउँमा निगरानी गर्न सिसी क्यामरा जडान गरिएका हुन् ।

नगरपालिकाले नगरक्षेत्रभित्रको सुरक्षालाई मध्यनजर गर्दै नगरलाई उज्यालो बनाउने उद्देश्यले पाँच ठाउँमा फ्लडलाइट र १३ ठाउँमा मिनिफ्लडलाइट समेत जडान गरिएको राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङले जानकारी दिए । जडान गरिएका क्यामराको निगरानी जिल्ला प्रहरी कार्यालय तथा नगरपालिकाले गर्ने उनले बताए ।
    
यो सहरको बजार, बस पार्क, टेम्पु स्टेन्ड, माइक्रो स्टेन्ड, हाटबजारलगायत इतिहास बोकेको यस क्षेत्रका ठाउँमा अहिले व्यवस्थित गर्न नगरपालिका लागिपरेको अधिकृत गुरुङले बताए ।
 
राजविराज नगर क्षेत्रमा जडान गरिएका सिसी क्यामरा जडानबाट नगरको सुरक्षा व्यवस्थासँगै अपराध नियन्त्रणमा मद्दत पुग्ने जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्धि बज्राचार्यले बताए । 





  • प्रकाशित मिति : साउन ५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया