logo-img

मेची भन्सारको व्यापार घाटा २० अर्ब ३५ करोड नाघ्यो

पूर्वी नाका काँकडभिट्टाबाट भारत, बङ्गलादेशलगायत देशसँग हुने व्यापारघाटा २० अर्ब ३५ करोड ३० लाख ४० हजार पुगेको छ । 

मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ४४ अर्ब ७५ करोड ६६ लाख ९४ हजार बराबरको आयात हुँदा २४ अर्ब ४० करोड ३६ लाख ५४ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार पछिल्लो दुई वर्षमा आयात ३.४८ प्रतिशतलले कम हुँदा निर्यात भने १०.७१ प्रतिशतले बढेको छ । उनका अनुसार आव २०७९/८० मा ४६ अर्ब ३७ करोड १३ लाख ३४ हजार रुपैयाँ आयात र २२ अर्ब चार करोड १८ लाख ९३ निर्यात रहेको थियो ।

गत आवमा पेट्रोलियम पदार्थ चार दशमलव ५१ प्रतिशत, जुट ७.२५ प्रतिशत, जिप्सम ६.५७ प्रतिशत, तरकारी १७.८५ प्रतिशत, अलडिड रेजिन ५.६९ प्रतिशतले आयात घटेको सूचना अधिकारी कँडेलले जानकारी दिए । मेसिनरी उपकरण ६६.१० प्रतिशत, दाल १८ दशमलव छ प्रतिशत, इलेक्ट्रिक उपकरण ३०.३४ प्रतिशत र फलाम २२ प्रतिशतले आयात बढेको छ ।

मेची भन्सार कार्यालयबाट निर्याततर्फ सबैभन्दा धेरै भेनियस सिट एक हजार २५३.९७ प्रतिशतले बढ्दा प्लाइउड ५५.३८ प्रतिशत, छुर्पी २९.७९ प्रतिशत, अम्रिसो ३०.१२ प्रतिशत, अदुवा-सुठो २१.६८ प्रतिशतले निर्यात बढेको छ । अलैंची, चिया, धातुका अन्य अवशेषको निर्यात भने घटेको मेची भन्सार कार्यालयले जनाएको छ ।

सूचना अधिकारी कँडेलका अनुसार गत आव २०८०/८१ मा मेची भन्सार कार्यालयले १४ अर्ब २३ करोड ५२ लाख ६० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । रासस





  • प्रकाशित मिति : साउन ७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया