logo-img

सेती र महाकाली नदीमा तीन दिनसम्म बाढीको जोखिम, सतर्कता अपनाउन अनुरोध
फाइल तस्बिर

सुदूरपश्चिममा तीन दिनसम्म बाढीको जोखिम रहेको छ । मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार वर्षाका कारण महाकाली र कर्णाली नदीमा पानीको सतह बढिरहेको छ ।  

यी दुई नदी र सहायक नदीमा अझै तीन दिनसम्म पानीको सतह बढ्ने भएकोले त्यस क्षेत्रमा बाढीको जोखिम बढेको छ । बाढीको जोखिम भएकोले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन पनि बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

यस्तै, आज रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, लमजुङ, कास्की, पर्वत, सल्यान, सुर्खेत, दैलेख, अछाम र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीमा बहाव बढ्ने तथा केही स–साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने महाशाखाले जनाएको छ । 
 





  • प्रकाशित मिति : साउन ८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया