logo-img

बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका बहादुरसिंह लामा नियुक्त

बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता बहादुरसिंह लामा नियुक्त भएका छन्। प्रदेश प्रमुख यादव चन्द्र शर्माले मंगलबार  लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। 

नेपाली कांग्रेस बागमती संसदीय दलका नेता समेत रहेका लामाले एमालेका २७ र कांग्रेसको ३७ गरी ६४ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

आइतबार माओवादी नेतृत्वका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी पेश गर्न सूचना जारी गरेका थिए। 

एमाले र कांग्रेसको समर्थनमा दाबी पेस गरेका लामालाई प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीमा नियुक्त गरेको हो। नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुको समथ बुधबार बिहान हुने प्रदेश प्रमुख यादवचन्द्र शर्माले जानकारी दिए। 

१३ मन्त्रालय रहेको बागमतीमा कांग्रेसले मुख्यमन्त्री र अर्थ मन्त्रालय सहित ७ वटा लिने सहमती भएको छ भने एमालेले भौतिक सहित ६ मन्त्रालय लिने सहमति भएको छ। 





  • प्रकाशित मिति : साउन ८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया