logo-img

कोही पनि व्यक्ति वा संस्थाले दुर्घटना चाहँदैन : वायुसेवा सञ्चालक संघ

वायुसेवा सञ्चालक संघले हवाई सुरक्षाबारे अनावश्यक टीकाटिप्पणी भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका अध्यक्ष मनोज कार्कीले आज विज्ञप्ति जारी गर्दै  सुरक्षाजस्तो संवेदनशील विषयमा विभिन्न माध्यमबाट वायुसेवा कम्पनीहरुको हवाई सुरक्षा तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमनकारी भूमिकाप्रति गरिएको टीकाटिप्पणीका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले निर्दिष्ट गरेको प्रावधानअनुरुप संघ र यसका सदस्य वायुसेवा कम्पनीहरु तथा प्राधिकरण सदैव उड्डयन सुरक्षा तथा हवाई सुरक्षामा अत्यन्त संवेदनशील रहेको विज्ञप्तिमा उल्लेख छ ।

हवाई सुरक्षाप्रति संघ र प्राधिकरण सदैव प्रतिबद्ध रहेको जनाउँदै भ्रमपूर्ण टीकाटिप्पणीप्रति विश्वास नगर्न अपिल गरेको छ । दुर्घटना काबु बाहिरको परिस्थितिमा हुने र यस्तो अवस्था व्यक्ति, संस्था वा नियमनकारी निकायको चाहनामा नहुने संघले स्पष्ट पारेको छ ।





  • प्रकाशित मिति : साउन १५, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया