logo-img

देशभर दुई हजार नाघे डेंगु संक्रमित

देशभर दुई हजारभन्दा बढीमा डेंगु रोगको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले ७३ जिल्लाका दुई हजार ६१ जनामा संक्रमण देखिएको जानकारी दिए । 

मन्त्रालयले यसवर्ष सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको हुँदा मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगु रोगको संक्रमण थप बढ्न सक्ने अनुमान गरेको उनले बताए । 

मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको संक्रमण फैलिएको जनाइएको छ । सबैभन्दा बढी काठमाडौंमा दुई सय ४९ जनामा डेंगु देखिएको छ । यस्तै झापामा एक सय ३० र चितवनमा एक सय पाँचजनामा संक्रमण देखिएको छ । 

उपत्यकामा तीन सय १६ जनामा संक्रमण

उपत्यकामा मात्रै तीन सय १६ जनामा डेंगुको संक्रमण देखिएको छ । काठमाडौंमा दुई सय ४९, भक्तपुरमा ३८ र ललितपुरमा २९ जनामा संक्रमण देखिएको हो । 

रोग शाखा प्रमुख डा. दाहालले डेंगु संक्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् । ‘डेंगु रोगबाट बच्ने सबैभन्दा उत्तम उपाय लामखुट्टेको टोकाइबाट बच्नु हो । यसका लागि आफ्नो घर वरिपरि तथा कार्यस्थलमा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, जुनसुकै बेला झुलको प्रयोग गर्ने र पूरै शरीर छोपिने लुगा लगाउने जस्ता कुरामा ध्यान दिनुपर्दछ,’ उनले भने । 





  • प्रकाशित मिति : साउन १६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया