नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पुष्पलालको विचारबाट आफू प्रभावित भएको बताएका छन् । बुधबार पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले सबै योद्धाहरूलाई सम्झिनुपर्ने बताएका हुन् ।
उनले भने, ‘पुष्पलालको अनुयायी २०२२ सालदेखि उहाँको विचारबाट म प्रभावित हुँ, २०२६ सालमा उहाँले सञ्चालन गर्नुभएको पार्टीको सदस्य र अहिले पुष्पलाल स्मृति प्रतिष्ठानको अध्यक्ष भएको नाताले सबैलाई धन्यवाद दिन चाहन्छु ।’
साथै पर्यटन मन्त्री बद्री पाण्डेले गरिब जनताको अनुहारमा पुष्पलालले ठुलो खुसी दिएको बताए । उनले गरिब जनताको लागि हाँसो ल्याउने संघर्ष नै उनको रहेको बताए ।
उनले भने, ‘मुलुकलाई एउटा समृद्धि र विकास बनाउनको लागि पुष्पलालहरूले गरेको संर्घषको वर्णन गर्नै सकिन्न । उहाँहरूले देखाएको बाटो गरिब जनताको नाममा लिएको हाँसो र खुसी सम्झन लायक छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।