logo-img

लेबनानमा इजरायली सेनाले निरन्तर हमला, विश्व अर्थतन्त्रमा ठूलो धक्का पर्न सक्ने

लेबनानमा इजरायली सेनाले निरन्तर हवाई हमला गरिरहेको छ । इजरायली डिफेन्स फोर्सले लगातार रकेट तथा बम हमला जारी राखेको हो । आइतबार रातभर इजरायली सेनाले बेरुत र आसपासको क्षेत्रमा हवाई हमला गरेको समाचार एजेन्सी सीसीटिभीप्लसले जनाएको छ ।

शनिवार राती इजरायली सेनाको आक्रमणमा परि कम्तीमा ८४ जना लेबनानी नागरिक मारिएका थिए । आइतबार दिउँसो इजरायली सेनाले बेरुतका १४ तथा अन्य १० गरी २४ नगरमा आक्रमणको चेतावनी दिएको थियो ।

लेबनानको भूमिबाट इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निजी निवासतर्फ शनिबार ड्रोन हमला भएपछि इजरायली सेना थप आक्रामक बनेको छ । पछिल्लो पटक इजरायली सेनाले हिजबुल्लाहलाई आर्थिक रुपले सहयोग गरिरहेका बैंक तथा वित्तीय संस्थालाई निशाना बनाएको छ । निरन्तरको द्वन्द्वले लेबनानको अर्थतन्त्र ओरालो लागेको छ । व्यापार र स्थानीय कम्पनीहरूले बढ्दो संकटका लागि संघर्ष गरिरहेका छन् ।

युद्धले व्यापार, उद्योग र पर्यटन जस्ता प्रमुख क्षेत्रहरूलाई असर गरेकाले लेबनानको अर्थतन्त्र तलतिर झरेको छ। इजरायली आक्रमण दक्षिणी लेबनानबाट देशको राजधानी र व्यापार केन्द्र बेरुतसहित अन्य सहरहरूमा विस्तार हुँदै गएको छ । 

धेरै व्यावसायीहरू डरले आफ्नो परिवारसहित देश छाडेका थिए, तर धेरैले लेबनानको द्रुत रूपमा परिवर्तन भइरहेको परिस्थितिमा बस्न रुचाए पनि पछिल्लो द्वन्द्वका कारण आजित भएका छन् । त्यो द्वन्द्वले विश्व अर्थतन्त्रमा ठूलो धक्का लाग्न सक्ने बताइन्छ ।  





  • प्रकाशित मिति : कात्तिक ५, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया