logo-img

नारायणहिटी अगाडि ‘काग सम्मेलन’ [तस्बिरहरू]


काग तिहारको अवसरमा बुधबार ‘२१औँ काग सम्मेलन’ गरिएको छ । एक सय भन्दाबढी जीवजन्तुको दुरुस्त आवाज निकाल्न पोख्त कलाकार रमेश दुलालले बुधबार २१औँ काग सम्मेलन गरेका हुन् । 

राष्ट्रिय सङ्गीतकर्मी सङ्घ, केन्द्रीय समिति तथा ग्रीनसिटी अस्पताल बसुन्धाराको सह आयोजनामा राजधानीको नारायणहिटी अगाडि भएको उक्त सम्मेलनमा उनले कागको जस्तै आवाज निकालेर सयौँ कागलाई भेला गराएका थिए । 

उनले कागको आवाज निकालेर कागलाई बोलाउन थालेपछि नजिक सयौँ काग आएका हुन् । विगतका वर्षहरूमा रत्नपार्कस्थित शान्तीबाटिका गरिँदै आएको काग सम्मेलन यस वर्ष भने नारायणहिटी गेट अगाडि गरिएको हो । 

उनले आज बिहान आयोजित उक्त सम्मेलनमा १ हजारको हाराहारीमा कागलाई भेला गराइएको समेत बताए । दुलालले आफूले कागसहित १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने सक्ने बताए ।  दुलालले कागबाहेक मुखैले मादल, सनाई, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा, गितारको धुनसमेत निकाल्छन् । गाई, भैँसी र अन्य चराचुरुङ्गीको आवाज पनि दुरुस्तै सुनाउँदै आएको दुलालले बताए ।

उनले भने, ‘काग तिहारको दिन मैले काग सम्मेलन गरेको अहिले २१ वर्ष भयो । यमलोकको खबर यमराजलाई पठाउने दूतका रूपमा कागको पूजा गरिँदै आएको छ । पहिले मैले कार्यक्रम गरेर पत्रकार सम्मेलन गर्ने गर्दथे । कहिले भारतले नाकाबन्दी गर्दा सम्मेलन गरे । कहिले संविधान नबनेको भन्दै काग सम्मेलन गरे । कहिले एयरपोर्टमा काग सम्मेलन गरेर जाम गराइदिए । तर अहिले तिहारको समयमा काग तिहारका उपलक्ष्यमा काग सम्मेलन गरेको हो ।’





 

  • प्रकाशित मिति : कात्तिक १४, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया