logo-img

साफ महिला च्याम्पियनसिपको फाइनल भिडन्त हेर्न टिकट किन्नेको लाइन [तस्बिरहरू]

साफ महिला च्याम्पियनसिप फुटबलको नेपाल र बंगलादेशबीचको फाइनल भिडन्त हेर्न टिकट काट्नेको बिहानैदेखि लामो लागेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहान ८ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट र जावलाखेल फुटबल मैदानमा टिकट बिक्री थालेको भए पनि बिहान ५ बजेदेखि नै लाइन लाग्न सुरु भएको थियो । 

एक जनाले अधिकतम २ वटा भिआइपी र ५ वटा साधारण प्यारापिटको टिकट लिन सक्ने व्यवस्था मिलाइएको छ । उपाधिका लागि नेपाल र बंगलादेश भिड्नेछन् । खेल साँझ साढे ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ ।

सेमिफाइनलमा भारतलाई हराएर नेपाल फाइलनमा पुगेको हो भने बंगलादेशले भुटानलाई पराजित गरेको थियो । सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन ।

जारी सातौँ संस्करणमा भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको घरेलु टोली नेपालसँग बङ्गलादेशलाई पाखा लगाउँदै उपाधि चुम्ने अवसर छ । यसअघि ५ पटक फाइनलमा पुगे पनि उपाधिबाट बन्चित रहेको नेपाल पहिलो उपाधि जित्ने लक्ष्यमा रहँदा बंगलादेश दोस्रो उपाधिको खोजीमा छ । 





 

  • प्रकाशित मिति : २० घण्टा अघि

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया