logo-img

कर्णाली याक्सले भित्र्यायो हङकङका ब्याटर बाबरलाई

हिमायलन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेका कर्णाली याक्सले दोस्रो विदेशी खेलाडीको रूपमा हङकङका ब्याटर बाबर हायतलाई अनुबन्ध गरेको छ । बुधबार कर्णाली याक्सले आगामी नेपाल प्रिमियर लिग (एनपिएल)को लागि ३२ वर्षीय खेलाडीलाई भित्राएको हो । योसँगै दायाँ हाते ब्याटर बाबर हायतले आगामी लिगमा कर्णाली याक्सको प्रतिनिधित्व गर्नेछन् ।

बाबरले हङकङको लागि ७९ टी २० आई खेलमा एक हजार ९ सय १० रन बनाएका छन् । उनको स्ट्राइक रेट १३२.२७ छ । हङकङका लागि उनले दुई सतक र १० अर्धसतक बनाएका छन् । उनले सन् २०२४ मै नेपालविरुद्ध नै एक सय १० रन बनाएका थिए ।

बाबरको आगमनले टोली थप मजबुत भएको कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्लले बताए । ‘बाबर आजम निकै अनुभवी खेलाडी हुन् । उनको आगमनले टोली थप मजबुत भएको मानेको छु,’ प्रशिक्षक मल्लले भने । उनले नेपालमा धेरै खेल खेलिसकेका छन् । त्यो अनुभव एनपिएलमा देखिने आशा गर्छौँ ।’

कर्णालीले पहिलो विदेशी खेलाडीको रूपमा यसअघि पाकिस्तानका २८ वर्षीय अलराउन्डर मोहम्मद हुसैन तलातलाई अनुबन्ध गरिसकेको छ । तलातले पाकिस्तानबाट १८ टी–२० आई खेलेका छन् । जसमा ३९४ रन बनाएका छन् ।  उनले सन् २०१९ मा वेष्ट इन्डिजविरुद्ध खेल्दै टी २० आईमा डेब्यु गरेका थिए ।

कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी छन् । १५ मंसिरदेखि ६ पुससम्म हुने प्रतियोगिताको लागि कर्णाली याक्सले अक्सनबाट ‘ए’ श्रेणीमा राष्ट्रिय टोलीका गुल्सन झा, देव खनाल र नन्दन यावदलाई समावेश गरेको छ ।

त्यस्तै, ‘बी’ श्रेणीमा अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् । कर्णालीले मंगलबार मात्रै हस्पिटालिटी पार्टनरमा होटल हिल्टनसँग सम्झौता गरिसकेको छ । 





  • प्रकाशित मिति : १८ घण्टा अघि

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया