logo-img

काठमाडौं महानगरले तीन ठाउँमा नेपाल र बंगालादेशबीचको फाइनल देखाउने

साफ वुमन्स च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज हुने नेपाल र बंगालादेशबीचको खेल काठमाडौं महानगरपालिकाले तीन ठाउँमा प्रत्यक्ष प्रसारण गर्ने भएको छ । 

खेल हेर्न धेरै दर्शकहरूलाई चाहना भए पनि खेलमैदानमै पुगेर खेल हेर्ने अवसर सबैलाई प्राप्त हुन कठिन हुने भन्दै महानगरले लागि टुँडिखेल, चाबहिलको फुटबल ग्राउण्ड र सानो गौचरन (हाँडीगाउँ)मा एलइडी स्क्रिनबाट देखाउने जनाएको हो । 

खेलको प्रवर्द्धन, खेलाडी, प्रशिक्षक र व्यवस्थापकको प्रोत्साहनका प्रदर्शन हुने प्रत्यक्ष प्रसारण खेल अवलोकनका लागि आफूलाई पायक पर्ने स्थानमा जान महानगरले फुटबल खेलप्रेमी दर्शकहरूलाई अनुरोध गरेको छ । 





  • प्रकाशित मिति : १७ घण्टा अघि

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया