इनट्रयाक्ट डिस्ट्रिक्ट नेपाल भुटानको आयोजनामा यस वर्ष पनि यही कात्तिक २१, २२ र २३ गते नेपालभरिका इनट्रयाक्टहरूबीच फेलोसिप, मित्रता र भाइचारा बढाउने उद्देश्यले खेलकुद भेलाको तयारी गरिरहेको छ ।
यो कार्यक्रम विगत ५ वर्षदेखि डिस्ट्रिक्ट स्तरमा वार्षिक रूपमा आयोजना गरिएको एक ‘लिगेसि इभेन्ट’को रूपमा स्थापित भइसकेको छ । यस वर्षको कार्यक्रम चितवनमा गर्ने तयारी भएको छ । कार्यक्रममा सहभागी हुनेहरूका लागि आवासको व्यवस्थापन रत्ननगर होटल स्टार्ट र खेलका लागि लिटिल फ्लावर स्कुल र क्यासी स्पोर्ट्समा तयारी गरिएको छ ।
कार्यक्रममा ३०० जना भन्दा बढीको सहभागिता हुने अपेक्षा गरिएको छ । आउँदो कार्यक्रमलाई नौलो र फरक तरिकाले अगाडी बढाउन लागेको बताउँदै इनट्रयाक्ट डिस्ट्रिक्ट रिप्रिजेन्टटिभ दिप्सन अधिकारीले इनट्रयाक्टरहरूको बिचमा भाइचारा बढाउन कार्यक्रम आयोजना गरिएको बताए ।
देशैभरका इनट्रयाक्टरहरूको सहभागीता रहने उक्त कार्यक्रमको तयारी अगाडि बढी रहेको बताउँदै कार्यक्रममा खेलकुद मात्र नभई फेलोसिप र क्लब अध्यक्ष-सचिवको बैठक पनि आयोजना हुने उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।