नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक एवं एमाले नेता सर्वेन्द्र खनालले आज एकाबिहानै आफू स्वतन्त्र भएको घोषणा गरेका छन् । फेसबुकमा स्टाटस राख्दै पूर्वआइजीपी खनालले आफू स्वतन्त्र भएको घोषणा गरेका हुन् ।
आफन्त एवं शुभचिन्तक आफ्नो राजनीतिक स्थितिबारे अन्योलमा परेको उल्लेख गर्दै खनालले स्टाटसमा लेखेका छन्, ‘म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आबद्ध छैन । म स्वतन्त्ररूपमा स्थानीय र राष्ट्रिय समस्याको समाधानका लागि काम गरिरहेको छु ।’
खनालले आफू राष्ट्रघाती दोषीलाई कानुनी कठघरामा पुर्याउन र राष्ट्रलाई महान बनाउन आफू र आफ्नो सम्पूर्ण प्रयास जारी रहने प्रतिबद्धता व्यक्त गर्दै खनालले भनेका छन्, ‘म देश र जनताको हितका लागि सधैं लडिरहनेछु ।’
पूर्वआईजीपी खनाल एमालेमा प्रवेश गरेर तनहुँबाट प्रतिनिधिसभा उपचुनावमा एमालेका उम्मेदवार बनेका थिए । जहाँ उनी राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेसँग पराजित भए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।