logo-img

श्रीलंकाविरुद्ध न्यूजिल्याण्डको सानदार जित, हेनरी र योङको उत्कृष्ट प्रदर्शन

श्रीलंकाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा घरेलु टिम न्यूजिल्याण्ड ९ विकेटले विजयी भएको छ । आइतबार बिहान सम्पन्न खेलमा श्रीलंकाले दिएको १ सय ७९ रनको लक्ष्य न्यूजिल्याण्डले २६.२ ओभराम एक विकेट गुमाएर पूरा गर्‍यो ।  

उसका लागि विल योङले उत्कृष्ट इनिङ खेले । उनले ८६ बलमा १२ चौकासहित अविजित ९० रनको इनिङ खेलेका हुन् । यस्तै, रचिन रवीन्द्रले ४५ र मार्क चेपम्यानले अविजित ३९ रनको योगदान दिए । श्रीलंकाका लागि चामिन्दु विक्रमासिंघेले मात्र एक विकेट लिन सके । 

त्यसअघि वेलिङ्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंका ४३.४ ओभरमा १ सय ७८ रनमै अलआउट भयो । उसका लागि अभिष्का फर्नान्डोले ५६, यानिथ लियानागेले ३६, वानिन्दु हसरंगाले ३५ र चामिन्दु विक्रमासिंघेले २२ रन बनाए । 

न्यूजिल्याण्डका लागि म्याट हेनरीले चार, नाथन स्मिथ र ज्याक डफीले दुई/दुई तथा मिचेल सान्टनरले एक विकेट लिए । यो जितपछि तीन खेलको सिरिजमा न्यूजिल्याण्डले १–० को अग्रता लिएको छ । यी दुई टिमबीचको दोस्रो खेल बुधबार हुनेछ । 







  • प्रकाशित मिति : पुस २१, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया