नेकपा एमालेको केन्द्रीय समितिको बैठक सुरु भएको छ । आइतबार पार्टी कार्यालय च्यासलमा सुरु भएको बैठकमा पुस १८ गते बसेको सचिवालय बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनलाई अध्यक्ष केपी शर्मा ओलीले पेस गरेका छन् । अहिले उक्त प्रतिवेदनमाथि छलफल भइरहेको छ ।
साथै सरकार गठनपछि ६ महिनाको समीक्षा प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा पार्टीलाई कसरी अघिबढाउने भन्ने विषयमा केन्द्रीय सदस्यले आ-आफ्नो धारणा राख्नेछन् । बैठकको प्रारम्भमा अध्यक्ष ओलीले पछिल्लो राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा मन्तव्य दिएका थिए ।
अध्यक्ष ओली नेतृत्वमा सरकार गठन भएपछि पहिलो पटक केन्द्रीय समिति बैठक बसेको हो । संसदकाे हिउँदे अधिवेशनको पूर्व सन्ध्यामा बस्न लागेको बैठकले संविधान संशोधनलगायतका ‘एजेन्डा’ मा ठोस धारणा तय गर्ने छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।