नेपाल र चीनबिचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन काठमाडौंमा पहिलोपटक ‘चाइना फिल्म डे’ आयोजना हुने भएको छ । ठमेलस्थित छाया सेन्टरको क्युएफएक्समा २५ पुस अर्थात् ९ जनवरीमा उक्त कार्यक्रम आयोजना हुँदै छ ।
कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य भनेको दुई देशबीच आगामी दिनमा चलचित्र निर्माण, प्रवर्द्धन र बजारीकरणमा सहकार्य हुने लक्ष्य लिएको आयोजकले जनाएको छ । साथै, यस्ता खालका कार्यक्रमले दुई देशबिच सांस्कृतिक आदान–प्रदानमा सहयोग पुर्याउनेछ ।
चाइना फिल्म एडमिनिस्ट्रेसन, नेपालस्थित चिनियाँ दूतावास, चाइना फिल्म अर्काइभ र नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा तीन चर्चित चिनियाँ चलचित्र प्रदर्शन गरिनेछ ।
प्रदर्शनपश्चात् चलचित्रका निर्माता, निर्देशक तथा कलाकारहरूसँगको अन्तरक्रियामा दर्शकले पनि सहभागिता जनाउन पाउनेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।