logo-img

जय ट्रफी : आर्मीविरुद्ध पुलिस १२५ रनमै अलआउट, साहब आलमले लिए ८ विकेट

जय ट्रफी एलिट कपमा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लब पहिलो इनिङमा १ सय २५ रनमै अलआउट भएको छ । ऊ पहिलो इनिङमा ३३.१ ओभरमा १ सय २५ अलआउट भएको हो । योसँगै पुलिसले ४ रनको अग्रता लिएको छ ।

उसका लागि गुलशन झाले ५४ बलमा तीन चौका र तीन छक्कासहित सर्वाधिक ४७ रन बनाए । यस्तै, अमित श्रेष्ठले १८, राशिद खानले १६, शंकर रानाले १३, दिलिप नाथ र प्रेम तामाङले १०/१० रन जोडे ।

आर्मीका लागि बलिङमा स्पिनर साहब आलमले सानदार प्रदर्शन गरे । उनले १५.१ ओभरमा एक मेडनसहित ५९ रन दिएर ८ विकेट लिए । यस्तै, सोमपाल कामी र पवन कार्कीको नाममा एक/एक विकेट रह्यो । 



त्यसअघि वीरगञ्जको नारायणी क्रिकेट ग्राउन्डमा आर्मी क्लब पहिलो इनिङमा ३४.४ ओभरमा १ सय २१ रनमै अलआउट भयो ।



उसका लागि कुशल मल्लले २५, भीम सार्कीले २२, कप्तान विनोद भण्डारीले २१, बसिर अहमदले १२ र पवन कार्कीले अविजित ११ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । 

आर्मीको इनिङ ध्वस्त पार्नेक्रममा पुलिस क्लबका बायाँहाते स्पिनर ललितनारायण राजवंशीले सानदार बलिङ गरे । उनले १४.४ ओभरमा ४ मेडनसहित ४७ रन दिएर सर्वाधिक सात विकेट लिए ।



  • प्रकाशित मिति : पुस २२, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया