जय ट्रफी एलिट कप दुईदिवसीय प्रतियोगिताअन्तर्गत बागमतीविरुद्ध मधेश प्रदेशका ओपनर मयन यादवले दोस्रो इनिङमा शतकीय पारी खेलेका छन् । उनले १०८ बलमा १२ चौका र दुई छक्कासहित १०६ रनको पारी खेलेका हुन् ।
मयनले १०२ बलमा शतक पूरा गरेका थिए । योसँगै उनी जारी प्रतियोगितामा शतक बजाउने पहिलो ब्याटर बनेका छन् । मयनको शतकको मद्दतमा बागमतीविरुद्ध मधेशले अग्रता बढाएको छ ।
यो समाचार तयार पार्दासम्म मधेशले १४१ को अग्रता लिएको छ । मधेश प्रदेशविरुद्धको खेलको पहिलो इनिङमा बागमती प्रदेश १ सय ५० रनमा अलआउट भएको छ ।
पहिलो इनिङमा बागमती १५० रनमा अलआउट
मधेश प्रदेशविरुद्धको खेलको पहिलो इनिङमा बागमती प्रदेश १ सय ५० रनमा अलआउट भएको छ ।
ऊ ३४.५ ओभरमा १ सय ५० रनमा अलआउट भएको हो । बागमतीका लागि नन्दन यादव र कप्तान सन्दीप लामिछानेले राम्रो ब्याटिङ गरे । नन्दनले ५५ बलमा ६ चौका र एक छक्कासहित सर्वाधिक ४७ रन बनाए ।
यस्तै, सन्दीपले २२ बलमा तीन चौका र एक छक्काको सहयोगमा ३३ रनको महत्वपूर्ण पारी खेले । उनी र नन्दनबीच ४८ रनको महत्वपूर्ण साझेदारी बन्यो । सोही कारण पनि बागमती मधेशविरुद्ध ४८ रनको अग्रता लिन सफल भयो ।
यस्तै, बागमतीका लागि शुभ कंसाकारले ३३ बलमा ८ चौकासहित ३५ रन जोडे । रिजन ढकाल १३ रनमा अविजित रहे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
मधेशका लागि रुपेश सिंह र अभिषेक तिवारीले चार/चार, तथा विशाल पटेल र रञ्जित कुमारले एक/एक विकेट लिए ।
जनकपुरस्थित रामजानकी मल्टिप्रपोज ग्राउन्डमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको मधेश प्रदेश पहिलो इनिङमा ३५.३ ओभरमा १०२ रनमा अलआउट भयो ।
उसका लागि मयन यादवले २१, विशाल पटेलले १६, निरज यादवले १२, अभिषेक तिवारीले ११ र सोहिल पटेलले १० रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
बागमतीका लागि कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । उनले १४ ओभरमा २ मेडनसहित ४१ रन दिएर ५ विकेट लिए । यस्तै, अर्का स्पिनर सूर्य तामाङले २.३ ओभरमा ७ रन दिएर तीन विकेट हात पारे ।
त्यस्तै, नन्दन यादव र प्रतिश जिसीको नाममा एक/एक विकेट रह्यो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।