साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार उच्च अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ४९.१२ अंक बढेर २६४०.६८ अंकमा पुगेको हो ।
पछिल्ला ३ कारोबार दिनदेखि सामान्य बढेको नेप्से आज भने करिब २ प्रतिशत बढेर बन्द भएको हो ।
आज सेन्सेटिभ इण्डेक्स पनि ६.६९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२५ अंक बढेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ४ अर्ब ८६ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएकोमा आज भने ३१२ स्टकको ७५ हजार ५४० पटकको कारोबारमा ६ अर्ब ३० करोड ५४ लाख ३१ हजार रुपैयाँबराबरको १ करोड ५४ लाख ६१ हजार कित्ता सेयर खरिदबिक्री भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।