logo-img

‘पार्टीभित्र कुनै किसिमका गुटबन्दी एमालेले सहन्न’

नेकपा एमालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एमाले केन्द्रीय कमिटी बैठकले पार्टी निर्माणमा देखिएका समस्याको समाधानका विषयमा विशेष जोड दिइरहेको बताएका छन् । 

सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै गौतमले पार्टीभित्रका कुनै किसिमका गुटबन्दीहरू पार्टीले सहनुहुन्न र कहिँकतै गुटगत आशयका गतिविधि भयो भने पार्टीले निगरानीमा राख्ने कुरामा समेत पार्टीले जोड दिएको बताएका हुन् ।

उनले भने, ‘राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ । मूलतः सरकारको प्रभावकारिता र पार्टी निर्माण देखिएका समस्याको समाधानमा जोड दिइरहनु भएको छ । पार्टीभित्रका कुनै किसिमका गुटबन्दीहरू पार्टीले सहनुहुन्न र कहीँकतै गुटगत आशयका गतिविधि भयो भने पार्टीले निगरानीमा राख्ने कुरामा समेत पार्टीले जोड दिएको छ ।’

साथै  उनले आफ्नो इच्छा पूरा गर्नको निम्ति विभिन्न स्वार्थ समूहहरू बनाएर पार्टीको नेतृत्व बिगार्न नहुने बताए । उनले एमाले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउनुपर्ने बताए ।







  • प्रकाशित मिति : पुस २२, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया