logo-img

नेपालको उत्पादन विश्व बजारमा पुर्‍याउनै पर्छ, हामी सक्छौँ : मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालको उत्पादन विश्व बजारमा पुर्‍याउनुपर्ने बताएका छन् ।

सोमबार नेपाल निर्यात परिषद्को २७ औँ वार्षिक साधारण सभा तथा ८ औँ निर्यात दिवसको समुद्घाटन समारोह सत्रमा बोल्दै  मन्त्री  भण्डारीले विश्व बजारमा नेपालको उत्पादनको उपस्थिति अत्यन्त दयनीय रहेको बताएका  हुन् ।  

उनले  भने , ‘मूलत, यतिखेर आयात र निर्यात जुन खाडल छ यसले नेपालको उत्पादन, उत्पादकत्व, विश्व बजारमा नेपालको उपस्थिति अत्यन्त दयनीय छ । हामी आयातमुखी बजारबाट जति आक्रान्त भएका छौँ । यसलाई आयात प्रतिस्थापन गर्नुपर्ने, निर्यात प्रवर्धन गर्नुपर्ने आजको यो व्यवसायीको यो परिषद्को या निजी क्षेत्रको मात्र नभई यो सिङ्गो राज्यको आजको प्रमुख प्राथमिकता हो ।’

उनले सबैले मिलेर  नेपालको उत्पादन विश्व बजारमा पुर्‍याउन सकिने बताए । उनले नेपालको उत्पादनलाई प्रवर्द्धन गर्नु आजको आवश्यकता रहेको बताए ।  







  • प्रकाशित मिति : पुस २२, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया