काठमाडौंमा आज बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान ६ बजेर ५० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
भूकम्पको धक्काले आत्तिएर धेरै मानिस घर बाहिर निस्किएका छन् ।
भूकम्पको धक्का काठमाडौंसहित धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुरलगायत जिल्लामा समेत धक्का महसुस गरिएको छ ।
भूकम्पको केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुल्न बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।