logo-img

इन्टरलाई हराउँदै एसी मिलानले जित्यो इटालियन सुपरकपको उपाधि

इटालियन सुपरकपको उपाधि एसी मिलानले जितेको छ । सोमबार राति सम्पन्न फाइनल खेलमा इन्टर मिलानविरुद्ध ३–२ को पुनरागमन जित निकाल्दै एसी मिलानले सुपरकपको उपाधि जितेको हो ।   

साउदी अरेबियाको रियादमा भएको फाइनल खेलमा एसी मिलानको जितमा थिएओ हर्नान्डेज, क्रिस्टियन पुलिसिच र टामी अब्राहमले एक/एक गोल गरे ।

इन्टरका लागि लउटारो मार्टिनेज र मेहदी टारेमीको नाममा एक/एक विकेट रह्यो । 

खेलमा लउटारो मार्टिनेजले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै गत संस्करण विजेता इन्टरलाई सुरुवाती अग्रता दिलाए । मेहदी टारेमीको ४७ औँ मिनेटमा गोलले गर्दै इन्टरलाई २–० ले अघि बढाए । तर, उसले २–० को अग्रता जोगाउन सकेन । 



खेलको ५२ औँ मिनेटमा थिएओ हर्नान्डेजले फ्रि–किकमार्फत गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । ८०औँ मिनेटमा क्रिस्टियन पुलिसिचले बराबरी गोल गरे । 

इन्जुरी समयको तेस्रो मिनेटमा अब्राहमले गोल गर्दै इन्टरलाई उपाधि दिलाए । उसले आठौँपटक इटालियन सुपरकप जितेको हो । 



एसी मिलानले पछिल्लोपटक सन् २०१६ मा सुपरकपको उपाधि जितेको थियो । यस्तै, इन्टर मिलानले पनि हालसम्म ८ पटक नै यो प्रतियोगिताको उपाधि जितेको छ । 



  • प्रकाशित मिति : पुस २३, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया