चीनको तिब्बतमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।
चिनियाँ सञ्चारमाध्यम सिजीटीएनका अनुसार तिब्बतको डिङ्गयी आसपास केन्द्रविन्दु भएर गएको भूकम्पबाट हालसम्म ३६ जनाले ज्यान गुमाएका हुन् ।
सीसीटीभीका अनुसार भूकम्पको केन्द्रविन्दुको ५ किलोमिटर आसपासमा ७ वटा गाउँ रहेका छन् । त्यस्तै, केन्द्रविन्दुको २० किलोमिटर आसपासमा दुईवटा शहर रहेका छन् ।
यूएस जियोलोजिकल सर्भेले भूकम्पको मापन ७.१ म्याग्निच्युड रहेको जनाएको छ । नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले ७.० म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।
भूकम्पको धक्का नेपालका विभिन्न जिल्लासँगै भुटानको थिम्पु, भारतको बिहार र बंगलादेशसम्म पनि महसुस गरिएको छ । यसअघि सन् २००८ मा चीनको सिचुवान प्रान्तमा ७.८ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा ७० हजार जनाले ज्यान गुमाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।