आज बिहान गएको भूकम्पको धक्काले आत्तिएर घरबाट हाफ फाल्दा एकजना घाइते भएका छन् । काठमाडौंको नागार्जुन नगरपालिकामा एक व्यक्ति अत्तालिएर डेढतले घरबाट हाम फाल्दा खुट्टामा चोट लागेको हो ।
उनको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले उनको परिचय भने खुलाएको छैन ।
यस्तै, बारामा भूकम्पका कारण आत्तिएर ११ जना विद्यार्थी बेहोस भएका थिए । अहिले भने उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार भूकम्पबाट सिन्धुपाल्चोकको एक प्रहरी चौकीको भित्ता भत्किएको छ ।
रामेछाप र ओखलढुंगामा एक/एक वटा गोठको भित्ता भत्किएको छ । यस्तै, सोलुखुम्बुमा ढुंगा माटोको दुई घर चर्किएका छन् । नेपाल प्रहरीले भूकम्प प्रभावित क्षेत्रको विस्तृत विवरण संकलन कार्य जारी रहेको जानकारी दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।